Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

अनामनगरको सार्वजनिक जग्गामा काठमाडौं महानगरको डोजर, स्थानीयले गरे विरोध

अनामनगरको सार्वजनिक जग्गामा काठमाडौं महानगरको डोजर, स्थानीयले गरे विरोध


  • 2.7K
    Shares

    अनामनगरको सार्वजनिक जग्गामा काठमाडौं महानगरको डोजर, स्थानीयले गरे विरोध

    काठमाडौं । काठमाडौंको अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयले विरोध गरेका छन् ।

    एक पक्ष स्थानीय वषौँ देखि सार्वजनिक जग्गाको सुरक्षा गर्दै आएको र विपद्को बेलामा आवश्यक पर्ने भएकाले भत्काउन नहुने पक्षमा छन् । अर्को पक्षका स्थानीय सरकारले सार्वजनिक जग्गाको उपयोगका लागि भत्काउन पाउने र आफ्नो संरचना बनाउन पाउने पक्षमा छन् ।

    स्थानीयहरूबीच नै विवाद हुँदा अहिले स्थिति तनावग्रस्त छ । महानगरपालिकाले वडा नम्बर २९ को वडा कार्यालय बनाउन सार्वजनिक जग्गामा भएका संरचना भत्काइरहेको हो । स्थानीयले भने काठमाडौं महानगरपालिकाको विरोध जारी राखेका छन् ।

    सार्वजनिक जग्गा पहिचान गरी आवश्यक ठाउँमा वडा कार्यालय बनाउन पाउने तर विपद्को बेलामा उपयोग हुने जग्गा मिचेर वडा कार्यालय बनाउन नहुने उनीहरूको तर्क छ । स्थानीयले वडा कार्यालयबाहेकका अन्य कुनै पनि संरचना बनाउन महानगरपालिकालाई आफूहरूको समर्थन रहने प्रतिवद्धता जनाएका छन् । 

    महानगरपालिकाले भने स्थानीयको मागलाई बेवास्ता गर्दै सार्वजनिक जग्गामा डोजर चलाइरहेको छ ।   ​

    अनामनगरको सार्वजनिक जग्गामा काठमाडौं महानगरको डोजर, तस्बिरहरू :

    FINAL.00_04_47_09.Still019_C38fZZezbO.jpg

    FINAL.00_02_52_12.Still012_Ty2jpcSz1m.jpg

    FINAL.00_03_59_24.Still014_zKUfmbQKzr.jpg

    FINAL.00_04_31_17.Still016_2Xnr3Vahi4.jpg

     

     

     

     

    प्रकाशित मिति :जेठ २९ २०८० सोमवार - ११:४६:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij