Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

रावा इनर्जीको आईपीओ मंगलवार बाँडफाँट हुने, कति जनाले पाउँछन शेयर ?

रावा इनर्जीको आईपीओ मंगलवार बाँडफाँट हुने, कति जनाले पाउँछन शेयर ?


  • 2.0K
    Shares

    रावा इनर्जीको आईपीओ मंगलवार बाँडफाँट हुने, कति जनाले पाउँछन शेयर ?

    काठमाडौँ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ मंगलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले मंगलबार दिउँसो ४ बजे शेयर बाँडफाँड गर्ने जनाएको छ ।

    कम्पनीले जेठ १८ देखि जेठ २२ गतेसम्म सर्वसाधारणलाई ६ लाख ९६ हजार ३ सय ३० कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये कम्पनीका कर्मचारीलाई १५ हजार ४७ कित्ता, र सामुहिक लगानी कोष योजनाहरुलाई ३७ हजार ६ सय १६ कित्ता शेयर छुट्याईएको थियो । बाँकि रहेको ६ लाख ४३ हजार ६ सय ६७ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो।

    कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतिकर्तामा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

    आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल लिमिटेडले कम्पनीलाई केयरएनपी डबलबी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले समयमै वित्तीय दायित्व भुक्तानी सन्दर्भमा मध्यम स्तरको जोखिम रहेको जनाउँदछ ।

     

    प्रकाशित मिति :जेठ २९ २०८० सोमवार - ११:२४:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij