२०८२ पौष ११ गते शुक्रवार
काठमाडौँ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चौंथो वार्षिक साधारण सभा असार १५ गते गर्ने निर्णय गरेको छ । कम्पनीको जेठ १८ गते बसेको संचमलक समितिको ८७ औँ बैठकले सभाको स्थान र मिति तय गरेको हो ।
सभा कम्पनीको केन्द्रिय कार्यालय गोलबजार न।पा ७ चोहर्वा सिराहामा बिहान ११ बजे शुरु गर्ने कम्पनीले जनाएको छ ।
सभाले अन्य लघुवित्तसँग मर्जरमा जान उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै कम्पनीका प्रबन्धपत्र र नियमावलीमा नियमनकारीहरुबाट कुनै विषयमा थप संशोधन वा भाषिक संशोधन गर्न वा फेरबदल गर्न निर्देशन भएमा सोही बमोजिम संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।
सोही सभाबाट सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको छनौट गरिनेछ । त्यस्तै सभाले आर्थिक वर्ष २०७८र७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले असार ४ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा असार ३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij