Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

बजाजले ल्यायो फाइनान्स जात्रा, शून्य प्रतिशत ब्याजदरमा मोटरसाईकल पाइने

बजाजले ल्यायो फाइनान्स जात्रा, शून्य प्रतिशत ब्याजदरमा मोटरसाईकल पाइने


  • 2.5K
    Shares

    • images
    बजाजले ल्यायो फाइनान्स जात्रा, शून्य प्रतिशत ब्याजदरमा मोटरसाईकल पाइने
    images

    काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा लि ले काठमाडौं उपत्यकाका ग्राहकहरुको सहुलियतलाई ध्यानमा राख्दै फाइनान्स जात्राको शुरुवात गरेको छ ।

    शुन्य प्रतिशतमा बजाजसँग यात्रा ट्यागलाइन राखिएको यस फाइनान्स जात्रा अन्तर्गत उपभोक्ताले कुनै पनि बजाज मोटरसाइकल १८ महिना सम्मको किस्तामा शून्य प्रतिशत ब्याजमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

    जसले गर्दा बजाजका मोटरसाइकलहरु खरिद गर्न चाहने उपभोक्तालाइ अझै सजिलो भएको कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार उपत्यकामा जात्रालाई जसरी विशेष महत्व दिएर मनाइने गरिन्छ त्यसरी नै बजाजले पनि आफ्नो फाइनान्स जात्रालाई एक उत्सवका रुपमा मनाएर ग्राहक वर्गहरु माझ अझै सहज र उत्साहपूर्ण अफर प्रदान गर्ने प्रयत्न गरिएको हो ।

    यस फाइनान्स जात्रा अन्तर्गत उपत्यका भित्र बजाज मोटसाइकल खरिदमा ५० प्रतिशत डाउन पेमेन्टमा १८ महिना सम्मको किस्तामा ० प्रतिशत ब्याजदरको लाभ लिन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो जात्रा काठमाडौं उपत्यकाभरिका १८ बजाज शोरूमहरुमा जेष्ठ २८ देखि ३२ गते सम्म ५ दिनको लागि लागु हुनेछ ।

    प्रकाशित मिति :जेठ २८ २०८० आइतवार - १७:००:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij