Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

अब मेट लाइफको बीमा शुल्क भुक्तानी डिजिटल स्ट्यान्डिङ इन्स्ट्रक्शनबाट गर्न सकिने

अब मेट लाइफको बीमा शुल्क भुक्तानी डिजिटल स्ट्यान्डिङ इन्स्ट्रक्शनबाट गर्न सकिने


  • 3.1K
    Shares

    अब मेट लाइफको बीमा शुल्क भुक्तानी डिजिटल स्ट्यान्डिङ इन्स्ट्रक्शनबाट गर्न सकिने
    images

    बैंकसँग सहकार्य गरी बीमाशुल्क भुक्तानीका लागि डिजिटल स्ट्यान्डिङ इन्स्ट्रक्शन (ई–मान्डेट) सुविधा सक्षम पार्ने गरी साझेदारी गरेको छ । 

    नेपाल क्लियरिङ हाउस लिमिटेडको राष्ट्रिय भुक्तानी इन्टरफेस  प्रणालीद्वारा यो सुविधा मेटलाइफ नेपालले नेपालको बीमा क्षेत्रमा पहिलो पटक प्रचलनमा ल्याएको हो ।

    यस व्यवस्थासँगै, मेटलाइफ नेपालका ग्राहकहरूले आफ्ना बीमाशुल्क भुक्तानीहरूको लागि सक्षम गरिएको डिजिटल स्थायी निर्देशनमा आधारित ई–म्यान्डेट सुविधाको सदस्यता लिएर झन्झटमुक्त तरिकाले आफ्नो बीमाशुल्क भुक्तानी गर्न सक्नेछन् । 

    यस सुविधाको सदस्यता अन्तर्गत ग्राहकहरुले बीमाशुल्क भुक्तानीको निर्धारित मितिमा आफ्नो बैंक खाताबाट रकम प्रत्यक्ष भुक्तानी गर्न अनुमति दिनसक्नेछन् । मेटलाइफ नेपालको पोर्टलमा लगइन गरेपछि, ग्राहकले आवश्यक अनिवार्य जानकारी (भुक्तानी अन्तराल र रकम) समावेश गराई, दर्ता भएपछि, सुविधाको प्रक्रिया पुरा हुनेछ ।

    ई–म्यान्डेट आधारित भुक्तानीहरूले नियमित वा आवर्ती/आवधिक प्रकृतिको भुक्तानीहरूलाई प्राथमिकता दिनेछ । ग्राहकहरूले यो सुविधाको सदस्यता लिन सक्छन् र निश्चित मितिहरूमा त्यस्ता भुक्तानीहरू डिजिटल रूपमा गरिन्छ भन्ने कुरामा विश्वस्त हुन सक्छन् । एक पटक यस सुविधाको सदस्यता लिएपछि ग्राहकहरुले निरन्तर रुपमा यसको फाइदा लिन सक्नेछन् ।

    स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिर्वण घोष दस्तीदारले भने, “मेटलाइफ, नेपाल क्लियरिङ हाउस र स्ट्यान्डर्ड चार्टर्ड बैंक बीचको सहकार्यको यो उत्कृष्ट उदाहरण हो। हामी विश्वस्त छौं कि यो विकास र प्रवृत्तिले बीमा र बैंकिङ उद्योगको लागि बीमाशुल्क सङ्कलन प्रक्रियालाई परिवर्तन गर्नेछ ।”

    प्रकाशित मिति :जेठ २६ २०८० शुक्रवार - १२:५३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij