Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा ४ जनामा दादुरा पुष्टि

काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा ४ जनामा दादुरा पुष्टि


  • 2.3K
    Shares

    • images
    काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा ४ जनामा दादुरा पुष्टि
    images

    काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका ४ जनामा दादुरा संक्रमण पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको पाँच वटा नमुनामध्ये ४ वटामा दादुरा पुष्टि भएको हो । 

    परिवार कल्याण महाशाखाका एक अधिकारीले दादुरा पुष्टि भएपछि सतर्कता अपनाइएको बताए । नगरपालिकाको वडा नम्बर ९ मा पर्ने एक विद्यालयका १५ वर्षमुनिका ५४ जना बालबालिकामा दादुराको लक्षण देखिएको बताइएको छ । 

    त्यसमा पाँच वटा नमुना संकलन गर्दा ४ जनामा संक्रमण पुष्टि भएको ती अधिकारीको भनाइ छ । एकै पटक ५ जनाभन्दा बढीमा संक्रमण पुष्टि भएमा दादुरा महामारीको रुपमा लिने गरिन्छ ।

     

    प्रकाशित मिति :जेठ २४ २०८० बुधवार - १६:५१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij