Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

नवलपरासीमा श्रीमान् -श्रीमती हत्या

नवलपरासीमा श्रीमान् -श्रीमती हत्या


  • 2.1K
    Shares

    • images
    नवलपरासीमा श्रीमान् -श्रीमती हत्या
    images

    परासी । नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पत्तिको विभत्स हत्या भएको छ । गाउँपालिकाको वडा नं. ८ पथलहनी बस्ने ५५ वर्षीय तीलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक (एसपी) विनोद सिलवालले जानकारी दिए । 

    उनीहरुको सोमबार राति हत्या भएको हो । उनीहरुको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको सिलवालले बताए । उनीहरुको घर गाउँकै बैरिहवामा छ। घरमा छोरीहरु बस्दै आएका थिए । उनीहरु भने गाईबस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका थिए । 

    सोही गोठमा उनीहरुको हत्या भएको हो । हत्या भएपछि उनीहरुको शव आँगनमा फालिएको थियो ।  खेतिपाती गर्दै आएका दम्पत्तिको कसले हत्या गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :जेठ २३ २०८० मंगलवार - १०:४५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij