२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत आइतबार थप १२ खेल सम्पन्न भएका छन् । ‘लिग कम नकआउट फम्र्याट’मा भइरहेको स्पर्धामा ११ खेल शनिवार खेलाइएको थियो । लिगमा १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी छन् ।
तीन दिन चल्ने लिगको दोस्रो दिन सम्पन्न १२औँ खेल प्राइम बैंकले जितेको छ । प्राइमले महालक्ष्मी विकास बैंकलाई २३ रनले हराएको हो । उक्त खेलमा प्राइमका कितार्थ शाक्य म्यान अफ द म्यान घोषित भए ।
प्रभु बैकविरुद्धको १३ औँ खेल एनएमबि बैंकले ७ विकेटले जितेको छ । उक्त खेलमा एनएमबिका अनिल बर्तौलाले म्यान अफ द म्याचको उपाधि पाए ।
१४ औँ खेल महालक्ष्मी विकास बैंकले जितेको छ । सिटिजन्स बैंकसँगको खेल महालक्ष्मीले ४३ रनले जितेको हो । यो खेलमा महालक्ष्मीका सागर गुप्ता म्यान अफ द म्याच घोषित भए । १५ औँ खेल सनराइज बैंकले हिमालयन बैंकलाई ५ विकेटले हरायो । यो स्पर्धाको म्यान अफ द म्याचको उपाधि मनोज विष्टले पाए । १६ औँ खेलमा गरिमा विकास बैंकलाई ४८ रनले पछि पार्दै कामना सेवा विकास बैंक विजेता बन्यो । उक्त म्याचमा कामना सेवाका समीर क्षेत्री म्यान अफ द म्याच घोषित भए ।
१७ औँ खेलमा एनएमबि बैंकलाई १ विकेटले पछि पार्दै एनआइसी एसिया विजेता बन्यो । यस खेलमा एनआइसी एसियाका सनम धामी म्यान अफ द म्याच घोषित भए । १८ औँ खेल कुमारी बैंकलाई ४८ रनले हराउँदै कामना सेवा विकास बैंकले जितेको छ । यसमा कामना सेवाका रिमेश रेग्मी म्यान अफ द म्याच भए । त्यसै गरी, १९ औँ खेल सनराइज बैंकले ५ विकेटले जितेको छ । यसमा सनराइज र माछापुच्छ्रे बैंकबीच प्रतिस्पर्धा भएको थियो । म्यान अफ द म्याचको उपाधि सनराइजका मनोज विष्टले पाए । २० औँ खेलमा कुमारी बैंकलाई २ रनले हराउँदै लुम्बिनी विकास बैंक विजेता बन्यो । यसको म्यान अफ द म्याच लुम्बिनी विकास बैंकका लक्ष्मण प्रधान भए ।
२१ औँ खेलमा माछापुच्छ्रे बैंकले आइसिएफसी फाइनान्सलाई ५ विकेटले हरायो । यसमा माछापुच्छ्रेका श्रीजन सुवेदीले म्यान अफ द म्याचको उपाधि पाए । त्यस्तै २२ औँ खेल सिटिजन्स बैंकले ४ विकेटले जितेको छ । २२औँ खेलका प्रतिस्पर्धी सिटिजन्स बैंक र श्री इन्भेस्टमेन्ट फाइनान्स थिए ।
२२औँ खेलको म्यान अफ द म्याच सिटिजन्सका सुमन पोखरेल भएका थिए । २३ औँ खेल लुम्बिनी विकास बैंकले १८ रनले जित्यो । यसमा लुम्बिनी र गरिमा विकास बैंकबीच प्रतिस्पर्धा भएको थियो । २३औँ खेलको म्यान अफ द म्याच लुम्बिनीका देव साह बने ।
यस प्रतियोगिताका ३१ मध्ये २३ खेल सम्पन्न भएका छन् । सहभागी १६ टोलीलाई ४ वटा समूहमा विभाजन गरेर खेलाइएको छ । प्रत्येक समूहका उत्कृष्ट दुई टोली क्वार्टरफाइनल प्रवेश गर्नेछन् । खेल १० ओभर प्रतिइनिंग्समा चलिरहेको छ ।
प्रतियोगितामा माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक, प्रभु बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, प्राइम बैंक, कुमारी बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, आईसीएफसी फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स र महालक्ष्मी विकास बैंकको सहभागिता छ ।
प्रतियोगिताको विजेता, उपविजेता टिम, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डरलगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सम्पूर्ण खेलहरूको प्रसारण बैंकको आधिकारिक युट्युब च्यानलमार्फत भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij