Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

पाइपलाइनमा १२ कम्पनीका साधारण सेयर (आईपीओ)

पाइपलाइनमा १२ कम्पनीका साधारण सेयर (आईपीओ)


  • 7.2K
    Shares

    पाइपलाइनमा १२ कम्पनीका साधारण सेयर (आईपीओ)

    एक दर्जन कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । आवेदन दिएका १२ वटा कम्पनीलाई बोर्डले विभिन्न चरणमा अध्ययन गरिरहेको छ ।

    दोस्रो बजारमा जोखिम लिन नचाहने लगानीकर्ता जोखिम कम हुने भएकोले कम्पनीले जारी गर्ने साधारण सेयर (आईपीओ) लगानी गर्ने गर्छन् । त्यसैले कुनै आईपीओ खुल्ने बित्तिकै मागभन्दा अत्याधिक बढी आवेदन पर्ने गर्छ ।

    आईपीओमा प्रतिकित्ता एक सय रुपैयाँमा खरिद गरिएको सेयर दोस्रो बजारमा कारोबार हुँदा बढ्दै जान्छ । बोर्डमा आवेदन दिएका मध्ये ३ वटा कम्पनीलाई बोर्डले प्रारम्भिक समीक्षामा राखेको छ भने ३ वटा कम्पनीलाई समीक्षा गरेर टिप्पणी पठाइएको छ । अन्य ६ वटा कम्पनी पनि समीक्षा अवधिमै रहेका छन् ।

    यसबीच यो वर्ष ११ वटा कम्पनीको आईपीओ निष्कासन भइसकेको छ भने अन्य १२ वटा कम्पनीको सेयर पाइपलाइनमा रहेका छन् ।आजको राजधानी दैनिकमा समाचार छ ।

    प्रकाशित मिति :फाल्गुण १० २०७७ सोमवार - ०६:५६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij