Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिटिजन्स बैंकका ग्राहकले ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा बिशेष छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा बिशेष छुट पाउने


  • 2.4K
    Shares

    सिटिजन्स बैंकका ग्राहकले ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा बिशेष छुट पाउने

    काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र थापाथली, काठमाडौंस्थित ब्लुबर्ड इन्टरनेसनल क्लिनिकबीच सम्झौता भएको छ । बैंक र इन्टरनेसनल क्लिनिकबीच भएको उक्त सम्झौतामा बैंकका कार्डबाहक ग्राहकहरूलाई  १० प्रतिशत सम्मको आकर्षक छुट दिने बैंकले जनाएको छ । 

    सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको जनाएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    हालसम्म बैंकले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ७२ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रकाशित मिति :जेठ १८ २०८० बिहिवार - १७:०५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij