Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

‘कस्टर्म यार्ड’ सजाएर भारतबाट विराटनगरमा आउँदै कार्गो रेल

‘कस्टर्म यार्ड’ सजाएर भारतबाट विराटनगरमा आउँदै कार्गो रेल


  • 2.3K
    Shares

    • images
    ‘कस्टर्म यार्ड’ सजाएर भारतबाट विराटनगरमा आउँदै कार्गो रेल
    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपालमा कार्गो रेलसेवा सुरु हुने भएको छ। उक्त कार्गो रेल अहिले भारतको बथनाहादेखि विराटनगरका लागि छुटिसकेको छ। 

    भारतबाट विराटनगरको कस्टम यार्डसम्म चल्ने कार्गो रेलको बुधबार दुई देशका प्रधानमन्त्रीले दिल्लीबाट उद्घाटन गर्ने कार्यतालिका छ। पहिलो पटक भारतबाट कार्गो रेल आउने भएपछि विराटनगरस्थित कस्टम यार्डलाई कर्मचारीहरुले सजाएका छन्। 

    कार्गो रेल आउने भएपछि रमिता हेर्न स्थानीयबासी जम्मा भएका छन्। यो रेललाई विराटनगरस्थित व्यापारीहरुले विशेष कार्यक्रमसहित स्वागत गर्ने तयारी छ। विराटनगरसम्म आउने कार्गो रेललाई फूल मालाले सजाइएको छ। 

    यसअघि भारतको बथनाहा रेल-वे स्टेशनदेखि विराटनगरको बुधनगरमा रहेको कष्टम यार्डसम्म कार्गो रेल परीक्षण गरिएको थियो। यो सात किलोमिटर लामो दूरीमा २०७६ कात्तिकै लिक परीक्षण भएको थियो। 

    प्रकाशित मिति :जेठ १८ २०८० बिहिवार - ११:१९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij