Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

लक्ष्मी बैंकको विशेष साधारण सभा असार ३ गते, मर्जर सहित अन्य के–के छन् प्रस्ताव ?

लक्ष्मी बैंकको विशेष साधारण सभा असार ३ गते, मर्जर सहित अन्य के–के छन् प्रस्ताव ?


  • 4.0K
    Shares

    लक्ष्मी बैंकको विशेष साधारण सभा असार ३ गते, मर्जर सहित अन्य के–के छन् प्रस्ताव ?
    images

    काठमाडौँ । लक्ष्मी बैंक लिमिटेडले असार ३ गते विशेष साधारण सभा गर्ने निणृय गरेको छ । बैंकको जेठ १६ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो । सभा कमलपोखरी स्थित अग्रवाल भवनमा गर्ने कम्पनीले जनाएको छ ।

    सभाले लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड बीच गाभ्ने गाभिने सम्बन्धी सञ्चालक समितिको प्रस्ताव पारित गर्ने, लक्ष्मी बैंक लिमिटेड र सन्राइज बैंक लिमिटेड बीच गाभ्ने गाभिने,प्रयोजनका लागि मूल्यांकन कर्ता एनबीएसएम एण्ड एसोसियट्सबाट प्राप्त दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन बमोजिम सिफारिस गरिएको शेयर आदानप्रदान अनुपातको आधारमा सन्राइज बैंक लिमिटेडको १ कित्ता शेयर बराबर लक्ष्मी बैंक लिमिटेडको १ कित्ता शेयर प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

    सभाले लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडबीच गाभ्ने गाभिने प्रयोजनका लागि सम्पन्न भएका प्रारम्भिक समझदारीपत्र, अन्तिम सम्झौतापत्र तथा अन्य सम्बद्ध सम्झौताहरु अनुमोदन गर्ने, लक्ष्मी बैंक लिमिटेड र सन्राइज बैंक लिमिटेडबीच गाभ्ने गाभिने प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांङ्कन गर्न नियुक्त गरिएको मूल्यांङ कर्ता श्री एनबीएसएम एण्ड एसोसियट्सको नियुक्ति तथा निजलाई प्रदान गरिएको पारिश्रमिक अनुमोदन गर्ने छ ।

    यस्तै, सभामा लक्ष्मी बैंक लिमिटेड र सन्राइज बैंक लिमिटेड बीच गाभ्ने गाभिने प्रयोजनका लागि सम्पन्न अन्तिम सम्झौतापत्र बमोजिम सोको आवश्यक स्वीकृतिका लागि नियमनकारी निकायहरुमा निवेदन पेश गर्न र गाभ्ने गाभिने सम्बन्धमा प्रचलित कानून बमोजिम अपनाउनु पर्ने सम्पूर्ण प्रक्रियाहरु पूरा गरी अन्तिम स्वीकृति लिन र सो सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरवदल वा सुझाव आएमा आवश्यक संसोधन समायोजन गर्न बैंकको सञ्चालक समिति लाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने जनाएको छ ।

    बैंकले साधारण सभा प्रयोजनको लागि जेठ २६ गते शुक्रबार बुक क्लोज गर्ने निर्णय गरेको छ ।

    प्रकाशित मिति :जेठ १७ २०८० बुधवार - १६:४८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij