Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

विपन्नलाई नि:शुल्क उपचार नदिने ६८ स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याउन बालेनको चेतावनी

विपन्नलाई नि:शुल्क उपचार नदिने ६८ स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याउन बालेनको चेतावनी


  • 2.3K
    Shares

    • images
    विपन्नलाई नि:शुल्क उपचार नदिने ६८ स्वास्थ्य संस्थालाई  कानुनी दायरामा ल्याउन  बालेनको चेतावनी
    images

    काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले विपन्न एवं लक्षित वर्गहरूलाईदिनुपर्ने कुल शय्याको १० प्रतिशत छुट्टाई निःशुल्क उपचार उपलब्ध गराउने सम्बन्धमा स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

    मङ्गलवार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई भेटेर मेयर शाहले सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरू उपलब्ध गराउन ध्यानाकर्षण गराएका हुन् ।

    छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरूको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न मन्त्री बस्नेतलाई अनुरोध गरिएको उनले बताए ।

    मन्त्रालयले ती स्वास्थ्य संस्थाहरूलाई ७ दिनभित्र कानूनी दायरामा नल्याए अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने चेतावनी पनि उनले दिएका छन् ।

    प्रकाशित मिति :जेठ १७ २०८० बुधवार - ०८:३३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij