Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

११ प्रतिशत ब्याजमा लुम्बिनी विकास बैंकको ऋणपत्र बिक्री खुला

११ प्रतिशत ब्याजमा लुम्बिनी विकास बैंकको ऋणपत्र बिक्री खुला


  • 3.0K
    Shares

    ११ प्रतिशत ब्याजमा लुम्बिनी विकास बैंकको ऋणपत्र बिक्री खुला

    काठमाडौँ । लुम्बिनी विकास बैंकको ऋणपत्र आज (मंगलबार) देखि निष्कासन तथा बिक्री खुला भएको छ।  बैंकले १० वर्ष अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको '११% एलबिबिएल डिबेन्चर २०८९' निष्कासन गरेको हो।

    बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। सोमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। 

    यस्तै, ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ। सर्वसाधारणमा बिक्री गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ।

    सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ३ लाख ८० हजार कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन्।

    उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन सक्नेछन् भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।  

    कम्पनीको ऋणपत्रमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि जेठ ३० गतेसम्म लम्बिनेछ। बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लिरिङबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

    कम्पनीलाई इक्रा नेपालले 'इक्रा एनपी इस्युअर डबल बी प्लसु' रेटिङ प्रदान गरेको छ। यसले मध्यम कर्जा जोखिम रहेको जनाउँछ।

    प्रकाशित मिति :जेठ १६ २०८० मंगलवार - १२:२४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij