Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

२०० देखि २५० सीसीका मोटरसाइकलको मूल्य घट्यो

२०० देखि २५० सीसीका मोटरसाइकलको मूल्य घट्यो


  • 2.2K
    Shares

    • images
    २०० देखि २५० सीसीका मोटरसाइकलको मूल्य घट्यो
    images

    २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा सरकारले कर घटाएपछि मूल्य पनि घट्ने भएको छ। भन्सार दर बजेट भाषण भएको भोलिपल्टदेखि नै कार्यान्वयनमा आउने हुँदा आज (जेठ १६) देखि आयात हुने मोटरसाइकलमा घटेको कर लागू हुनेछ।

    कर घटेपछि आयातकर्ताले सोहीअनुसार मूल्य समायोजन गर्नुपर्ने हुन्छ। सोमबार बजेट भाषण गर्दै सरकारले २०० देखी २५० सीसीसम्मका मोटरसाइकलमा अन्त:शुल्क घटाएको छ। हाल ८० प्रतिशत अन्त:शुल्क लाग्दै आएकोमा २० प्रतिशत घटाइ ६० प्रतिशत कायम गरेको हो। 

    आर्थिक विधेयक २०८० मार्फत् एसेम्बल, अनएसेम्बल दुवै मोटरसाइलकमा कर घटाइएको छ। 

    २५० देखी ५०० सीसीसम्मका अनएसेम्बल अवस्थाका मोटरसाइकलमा ४० प्रतिशत लाग्नै आएकोमा वर्ग परिवर्तन गरेको छ। २५० देखि ४०० सीसीसम्मका मोटरसाइलमा ६० प्रतिशत लाग्ने व्यवस्था गरेको छ। यसमा २० प्रतिशतले कर बढाएको छ। 

    ४०० देखी ५०० सीसीसम्मका अनएसेम्बल अवस्थामा ६० प्रतिशत र  तयारी अवस्थाका मोटरसाइलमा ८० प्रतिशत लाग्ने व्यवस्था गरेको छ। ५०० सीसी माथीका सबै मोटरसाइकलमा १०० प्रतिशत अन्त:शुल्क लाग्ने व्यवस्थालाई निरन्तरता दिएको छ। 

    त्यस्तै नेपालमै एसम्बल गर्नेकालागि २०० सीसी देखि २५० सीसीसम्मकामा ३० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरेको छ। तयारी अवस्थाका मोटरसाइलमा ४० प्रतिशतलाई निरन्तरता दिएको छ। 

    २५० देखि ५०० सीसी सम्मका नेपालमा बन्ने मोटरसाइकलमा ३० प्रतिशत मात्रै भन्सार लाग्ने व्यवस्था गरेको छ। तयारी अवस्थाका मोटरसाइकलमा ७० प्रतिशत लाग्दै आएको छ।

    प्रकाशित मिति :जेठ १६ २०८० मंगलवार - १०:२३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij