Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आगामी बिहीबारसम्म यी प्रदेशहरूमा मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना

आगामी बिहीबारसम्म यी प्रदेशहरूमा मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना


  • 3.2K
    Shares

    आगामी बिहीबारसम्म यी प्रदेशहरूमा मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। हाल सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका तराईका थोरै भूभागहरूका साथै देशका पहाडी भूभागहरू आंशिक बदली रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहेको छ।

    मङ्गलबार सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

    सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    बुधबार सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

    सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूका साथै  गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका ‍एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    बिहीबार सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

    कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूका साथै  गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका ‍एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

     

    प्रकाशित मिति :जेठ १६ २०८० मंगलवार - ०९:३२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij