२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको बलात्कार मुद्दाको आज मंगलवार सुनुवाइ हुँदैछ ।
यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासले पीडितको उमेरको विवादमा पेस गरेको जन्ममिति सम्बन्धी प्रमाण पुनः झिकाउन आदेश दिएको थियो ।
उमेर सम्बन्धी विषयको टुङ्गो नलाग्दा यो मुद्दामा अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइ स्थगित हुँदै आएको छ ।
लामिछानेविरुद्ध नाबालिगलाई बलात्कार गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । ५ भदौ २०७९ माबलात्कार गरेको भन्दै उनी विरुद्ध २१ भदौ २०७९ मा प्रहरी वृत गौशलामा जाहेरी परेको थियो । उनले २० असोज २०७९ मा प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij