२०८२ भाद्र ३ गते मंगलवार
धार्मिक र ऐतिहासिक महत्व बोकेको बेहडाबाबा मन्दिरमा सोमबारदेखि गंगादशहरा पूजा तथामेला सुरु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडा बाबामा हरेक वर्ष जेठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन गंगा दशहरा पूजा तथा धार्मिक मेला लाग्ने गर्दछ । मेला जेठ १९ गतेसम्म चल्ने छ ।
बेहडा बाबा मन्दिर व्यवस्थापन सेवा समितिले दर्शनार्थी, आगन्तुक एंव धार्मिक पर्यटकहरुलाई लक्षित गरी शतर्कता बढाएको छ ।समितिका अध्यक्ष पदमराज जोशीले मन्दिर तथा मेलाको सुरक्षाको लागि सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरिनुको साथै स्वंयसेवक परिचालन गरिएको बताए ।
आज (मंगलबार) सार्वजनिक बिदा
धनगढी उपमहानगरपालिकाले आज (मंगलबार) सार्वजनिक बिदा दिएको छ । गंगादशहरा पर्वको अवसरमा सार्वजनिक विदा दिइएको हो । मन्दिर क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्दै लैजाने उद्देश्य रहेको हुँदा उपमहानगरमा स्थानीय बिदाको रुपमा सार्वजनिक बिदा दिइएको उपमहानगरपालिकाद्वारा सूचनामा उल्लेख छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij