Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला जेठ १७ देखि, ५० प्रतिशतसम्म छुट

प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला जेठ १७ देखि, ५० प्रतिशतसम्म छुट


  • 2.7K
    Shares

    प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला जेठ १७ देखि, ५० प्रतिशतसम्म छुट

    काठमाडौँ । जेष्ठ १७ गते देखि ललितपुरमा प्रथम जुत्ता चप्पल मेला सुरु हुने भएको छ । 

    “नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित जेष्ठ १७ गते देखि आसार १७ गतेसम्म १ महिनासम्म ललितपुरमा प्रथम जुत्ता चप्पल मेला सुरु हुने भएको हो । एक महिनासम्म चल्ने उक्त जुत्ता चप्पल मेला जाउलाखेलको खेल मैदानमा हुने कम्पनीले जनाएको छ । मेला बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्ला रहनेछ । 

    नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरुको समुह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी ब्राण्डहरुलाई आम उपभोक्ताहरुको वीचमा परिचित गराउने, उपभोक्ताहरुको वीचमा पुर्याउने र आम उपभोक्ताहरुलाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराई स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरुको रुची जगाउने उद्देश्यका साथ मेला आयोजना गर्न लागेको आयोजकले बताएको छ ।

    मेलाले आर्थिक मन्दीतर्फ उन्मुख नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउन सहयोग पुग्ने तथा जुत्ता र चप्पलको उत्पादन र बिक्री वितरणमा जोड दिने अपेक्षा आयोजकको छ । 

    यस्तै, मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्राण्डहरुको सहभागीता रहनेछ । मेलामा झण्डै २ दर्जन कम्पनीहरुको सहभागिता रहेन आयोजकले बताएको छ । मेलामा नेपाली उत्पादकको मूल्य २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहने बताइएको छ भने मेला अवधिभरमा ५ करोडको कारोबार गर्ने लक्ष्य लिइएको मेला संयोजक दिवाकर गिरीले बताए ।

    मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र व्राण्डहरु किरण शुज म्यानुयाक्चर्सको उत्पादन – गोल्डस्टार, रोयल शु इण्डष्ट्रिजको उत्पादन –रोयल शुज, वेश फुटवेयरको उत्पादन – वि।एफ डियर हिल र वि।एफ स्पोर्ट, लालिगुरा“स फुटवेयरको – क्रस रोड शुज, शुभकामना फुटवेयरका – फस्टवाक शुज, नमस्ते फुटवेयरको – सिल, सुरभि पोलिमर्सको – हाई लाईफ, केटिएम शुजको –केटिएम, डि।जे। शुज कम्पनीको – डि।जे। शुज गरि ९ वटा कम्पनी र व्राण्डहरुको सहभागिता रहनेछ । 

    मेलामा ३ हजार भन्दा वढि मोडल र डिजाइनका जुत्ताहरु उपलव्ध हुनेछन । मेलामा नेपाली र गुणस्तरीय उत्पादन रहने आयोजकले जनाएको छ । यस्तै, मेला अवधिभरमा ३ लाख अवलोकन कर्तालाई अवलोकन गराउने लक्ष्य आयोजकले राखेको छ। साथै, निःशुल्क प्रवेशको व्यवस्था मिलाएको समेत मेला संयोजक गिरीले बताएका छन् ।  

     

    प्रकाशित मिति :जेठ १५ २०८० सोमवार - १४:०९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij