Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

इन्टरनेट र टेलिफोन सुविधासहितको 'स्मार्ट चौतारी'

इन्टरनेट र टेलिफोन सुविधासहितको 'स्मार्ट चौतारी'


  • 2.0K
    Shares

    इन्टरनेट र टेलिफोन सुविधासहितको 'स्मार्ट चौतारी'

    रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकाले इन्टरनेट, टेलिफोन र शुद्ध पिउने पानीको सुविधायुक्त स्मार्ट चौतारी निर्माण गरेको छ। सडकको बिस्तारसँगै लोप हुन लागेका चौतारीलाई आधुनिक तरिकाले पुनर्निर्माण गर्ने उद्देश्यले निर्माण कार्य गरिएको पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए। 

    नमुना स्मार्ट चौतारीको रुपमा खाँडादेवी गाउँपालिकाको वडा नं ३ भिरपानीमा निर्माण गरिएको स्मार्ट चौतारीले नयाँ पनको अनुभुती दिलाएको पनि अध्यक्ष श्रेष्ठले बताए। 

    स्मार्ट चौतारीमा जडान गरिएको इन्टरनेटसँगै ट्याबलेट राखिएको छ जसबाट सामाजिक संजाल मार्फत आफ्ना परिवार साथीभाइसँग भिडियो कलमार्फत कुरा गर्न सकिने छ भने १ घण्टा ३० मिनेटसम्म आफ्नै मोबाइलमा वाइफाइ कनेक्ट गरेर इन्टरनेट चलाउन सकिने छ। चौतारीमै बसेर फ्रिमा टेलिफोनसमेत गर्न सकिने व्यवस्था रहेको छ। शुद्ध पिउने पानीको लागि पानी प्रशोधन गर्ने मेसिन जडान गरिएको छ। 

    आन्तरिक तथा बाह्य पर्यटनलाई पनि यसले टेवा पुर्‍याउन सक्ने भएकाले पुराना चौतारी भएको स्थानलाई पहिलो प्राथमिकता दिएको पनि अध्यक्ष श्रेष्ठको भनाइ छ। आवश्यकताको आधारमा विभिन्न स्थानमा पनि चौतारी निर्माण गरिने अध्यक्ष श्रेष्ठ बताउँछन्। 

    चौतारीमा जडान गरिएका इन्टरनेट र टेलिफोनबाट अपराधिक गतिविधि नहोस् भन्ने उद्देश्यले २० जनाको नागरिकताको फोटोकपी सहितको उपभोक्ता समितिको निवेदन दिनु पर्ने पनि अध्यक्ष श्रेष्ठले बताए। खाँडादेवी गाउँपालिकालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न यस्ता खालका विभिन्न संरचना निर्माण गर्दै लैजाने पनि अध्यक्ष श्रेष्ठको लक्ष्य रहेको छ। 

    स्थानीय टेकबहादुर श्रेष्ठ भन्छन्, कहिलेकाहीँ मोबाइलमा पैसा सकिएको हुन्छ त्यो बेला यहीँ आएर टेलिफोन गर्न सजिलो भएको छ ।

    चौतारी निर्माण भएपछि यहाँ आएर अवलोकन गर्नेको पनि संख्या बढ्दै गएको टेकबहादुर बताउँछन्। चौतारीको आकर्षण बढाउन अझै केही काम गर्नु पर्ने श्रेष्ठको भनाइ छ। टेलिफोन र इन्टरनेट सुविधासहितको चौतारी निर्माण भएपछि वडा नं ३ भिरपानीका स्थानीयले सहजै सेवा लिने गरेको स्थानीयवासी बताउँछन्।

    प्रकाशित मिति :जेठ १३ २०८० शनिवार - १३:२५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij