Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

बागमती प्रदेश सरकारले घटायो सवारी साधनको भाडा, उपत्यकामा चल्ने सवारीको भाडा कति ?

बागमती प्रदेश सरकारले घटायो सवारी साधनको भाडा, उपत्यकामा चल्ने सवारीको भाडा कति ?


  • 2.4K
    Shares

    • images
    बागमती प्रदेश सरकारले घटायो सवारी साधनको भाडा, उपत्यकामा चल्ने सवारीको भाडा कति ?
    images

    काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ ।  पेट्रोलियम पदार्थको मूल्य घटेपछि सङ्घीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा दर घटाएको एक सातापछि प्रदेश सरकारले भाडा दर घटाउने निर्णय गरेको हो। 

    श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाउने निर्णय गरेर राजपत्रमा प्रकाशनका लागि आन्तरिक मामिला मन्त्रालयमा पठाएको थियो । राजपत्रमा प्रकाशन भएपछि नयाँ भाडादर लागु हुनेछ ।

    पाँच प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि भाडा समायोजन गरेसँगै काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यात्रुवहाक सवारीको भाडा ५.९ प्रतिशतले घटेको छ । 

    मन्त्रालयको अनुसार काठमाडौं उपत्याकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारीको भाडा ५.९ प्रतिशतले घटेको हो । यससँगै अब काठमाडौं उपत्यकाभित्रको न्यूनतम गाडीभाडा १७ रुपैयाँ कायम हुनेछ । यसअघि उपत्यकाभित्र चल्ने सवारीमा न्यूनतम १८ रुपैयाँ भाडा रहेको थियो ।

    त्यसैगरी काठमाडौं उपत्यकाबाहिर बाहिरका प्रदेशभित्रका क्षेत्रमा चल्ने चल्ने सार्वजनिक सवारीको भाडा दर ४.१८ प्रतिशतले कम भएको छ । यस्तै प्रदेशभित्र चल्ने महालवाहक सवारीको भाडा ५.६९ प्रतिशतले घटेको छ । यसअघि बागमती प्रदेशको मन्त्री स्तरीय निर्णयअनुसार गत वर्षको साउन ५ गते नयाँ भाडा दर कायम गरेको थियो।

     

    प्रकाशित मिति :जेठ ११ २०८० बिहिवार - १२:५३:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij