२०८२ माघ ८ गते बिहिवार
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ तिमीलेका बेपत्ता भनिएका एक व्यक्ति २४ वर्षपछि सम्पर्कमा आएका छन् । वि.सं.२०५६ देखि हालसम्म बेपत्ता भएका टिकाराम पुन २४ वर्षपछि सम्पर्कमा आएका छन् ।
उनी हाल भारतको उत्तराखण्ड, जिल्ला उत्तरकासी, पोष्ट अफिस–नेटवार, तहसिल–मोरी, गाउँ–गौरादी भन्ने ठाउँमा बस्दै आएका छन् । उनको घरमा श्रीमती, दुई छोरा, दुई छोरी छन् ।
स्थानीय शिक्षक रुद्रबहादुर वलीसँगको भिडियो कलमार्फत सम्पर्कमा आएका पुन हाल घर बनाइ कृषि पेसामा संलग्न छन् भने उनी अहिले एक्लै बस्दै आएका छन्
आफुले भिडियो कलमार्फत सम्पर्क गरेको र हाल उनले उक्त स्थानमा स्याउको बगैंचा तयार गरी कृषी पेसामा जिवन बिताइरहेको जानकारी शिक्षक वलीले दिए ।
उनका कान्छा छोरा कर्णबहादुर पुनले आफुहरुले एक्कासि बुबा जीवितै सम्पर्कमा आएको कुरा सुन्दा सपना जस्तो भएको बताए। अब छिट्टै बुबाको सम्पर्क ठेगानामा गएर बुबालाई भेटेर घर ल्याउने कान्छा छोरा कर्णले जानकारी दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij