Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कृषि विकास बैंकको ११ प्रतिशत नगद लाभांश तथा २ प्रतिशत बोनस शेयर घोषणा

कृषि विकास बैंकको ११ प्रतिशत नगद लाभांश तथा २ प्रतिशत बोनस शेयर घोषणा


  • 2.2K
    Shares

    कृषि विकास बैंकको ११ प्रतिशत नगद लाभांश तथा २ प्रतिशत बोनस शेयर घोषणा

    काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले यस वर्षको २ प्रतिशत बोनस शेयर वितरण गरेको छ । बैंकले गत चैत १४ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपश्चात् सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो ।

    फागुन २९ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरिएको जानकारी बैंकले दिएको हो । यस वर्ष बैंकले कुल १३ प्रतिशत लाभांश वितरण गरेको हो । करसमेत ११ प्रतिशत नगद लाभांश भने बैंकले वैशाखमै वितरण गरिसकेको छ ।

    बोनस शेयर फागुन २९ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएकाहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाइएको बैंकको भनाइ छ । यसर्थ कर्जा राफसाफ भइसकेको भए फुकुवा गर्नसमेत बैंकले अनुरोध गरेको छ । बैंकको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

     

    प्रकाशित मिति :जेठ ७ २०८० आइतवार - १४:२३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij