Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

प्रेम प्रस्ताव इन्कार गर्दा युवतीको बीभत्स हत्या

प्रेम प्रस्ताव इन्कार गर्दा युवतीको बीभत्स हत्या


  • 3.8K
    Shares

    प्रेम प्रस्ताव इन्कार गर्दा युवतीको बीभत्स हत्या

    काठमाडौं, जेठ ७ । प्रेम प्रस्ताव अस्वीकार गर्दा युवतीको हत्या गरेको भन्दै एक युवकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको छ।

    कोहलपुर–६ रझेनाकी २२ वर्षीया सुमद रानी थारूले बर्दियास्थित राजापुर ८ कोइरी गाउँका २६ वर्षीय शैलेन्द्र चौधरीको प्रेम प्रस्ताव अस्वीकार गर्दा उनको बीभत्स हत्या भएको दाबी जाहेरीमा गरिएको छ।

    चौधरीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको हो। सुमद रानीका भाइ निरेनले जाहेरी दर्ता गरेका हुन्। वैशाख २९ गते नेपालगन्जस्थित कोठामै ती युवती मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

    भेरी प्राविधिक शिक्षालय नेपालगन्जमा कम्प्युटरसम्बन्धी डिप्लोमा कोर्सका लागि उनी भाइ निरेनसँगै बस्दै आएकी थिइन्।

    बाँके प्रहरीका अनुसार जाहेरीमा सुमद रानी मृत फेला परेको कोठामा चौधरीले प्रयोग गर्दै आएको रेडमीको मोबाइल, निजले लगाएको जिन्स पेन्ट र हेल्मेटको भाइजरको टुक्रा र चक्कु भेटिएको उल्लेख छ। 

    प्रकाशित मिति :जेठ ७ २०८० आइतवार - १०:२३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij