२०८२ माघ ७ गते बुधवार
काठमाडौं । हिमालयन बैंक लिमिटेडले बाल अस्पताल निर्माण गर्नका लागि बीस लाखको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हेपाली हाइट, बुढानिलकण्ठ काठमाण्डौस्थित काठमाण्डौ इन्सटिच्यूट अफ चाइल्ड हेल्थलाई यहि ३ गते सहयोग गरेको हो ।
सन् २०१७ सालमा स्थापना भएको काठमाण्डौँ इन्सटिच्यूट अफ चाइल्ड हेल्थ, एक गैर नाफा मुलक संस्थाका रुपमा सबैका बाल–बच्चाहरुका लागि सुलभ मूल्यमा सहज ढङ्गले उच्च गुणस्तरको बाल स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ अग्रसर रहेको छ ।
सो संस्थाले दमकमा पनि बाल अस्पताल संचालनमा ल्याइ सेवा प्रदान गरेको छ । उक्त संस्थाको सत्कर्मलाई आत्मसाथ गर्दै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग प्रदान गरेको हो ।
बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सो संस्थाका अध्यक्ष प्रो।डा। भगवान कोइरालालाई सो रकम बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको उपस्थितिमा एक समारोहका बीच हस्तान्तरण गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij