Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

आफु निकट प्रदेश प्रमुखलाई हटाइएपछि गृहमन्त्री थापा कडा कदम चाल्ने तयारीमा

आफु निकट प्रदेश प्रमुखलाई हटाइएपछि गृहमन्त्री थापा कडा कदम चाल्ने तयारीमा


  • 19.5K
    Shares

    आफु निकट प्रदेश प्रमुखलाई हटाइएपछि गृहमन्त्री थापा कडा कदम चाल्ने तयारीमा
    images

    शुक्रबार साँझ प्रदेश नम्बर २ को प्रदेश प्रमुखबाट हटाइएका तिलक परियार गृहमन्त्री रामबहादुर थापा बादल निकट हुन् । उनलाई मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी हुन् । तर, मन्त्रिपरिषदले परियारलाई पदमुक्त गर्ने सिफारिश गरेकोबारे गृहमन्त्री रामबहादुर थापा बादल नै बेखबर भएको बुझिएको छ ।

    यसअघि नेकपाको ओली समूहले जनयुद्ध दिवस नमनाएकोमा बादल असन्तुष्ट भएका थिए । युवा संघको पुनःसंरचना गर्दा आफ्नो पक्षकालाई बेवास्ता गरेको भन्दै बादल पक्षले बहिष्कार नै गरेको थियो ।

    संवैधानिक निकायमा नियुक्तिमा बादललाई दिइएको आश्वासन पूरा भएन । उनी निकट कुनै व्यक्ति पनि नियुक्तिमा परेनन् । यसबाट बादल निकै असन्तुष्ट भएको बुझिएको छ ।

    दावा लामालाई खेलकुदमन्त्री बनाउने बाहेक ओलीले बादललाई बेवास्ता गरेका छन् । विश्वस्त स्रोतका अनुसार बादलसँग नजिक रहेका स्थायी कमिटीका कुनै सदस्य ओली समूहमा आएनन् । केन्द्रीय कमिटीका नेताहरु मध्ये एकाधमात्र आए । यसबाट पनि प्रधानमन्त्री केपी शर्मा ओलीले बादलको शक्ति कमजोर देखेर महत्व दिन छाडेका छन् ।

    यसैगरी, आफूलाई बेवास्ता गर्न थालेको भन्दै बादलले निकटस्थहरुसँग परामर्श बढाएका छन् । ओलीबाट एकपछि अर्को धक्का परेपछि उनी गम्भीर बनेका छन् । उनले परिस्थिति हेरेर फरक खालको कदम चाल्ने तयारी पनि थालेको बुझिएको छ ।

    प्रकाशित मिति :फाल्गुण ८ २०७७ शनिवार - १४:२०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij