Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

 वीरगञ्ज महानगपालिकाले १० महिनामा ३६ करोड राजस्व सङ्कलन

 वीरगञ्ज महानगपालिकाले १० महिनामा ३६ करोड राजस्व सङ्कलन


  • 2.0K
    Shares

     वीरगञ्ज महानगपालिकाले १० महिनामा ३६ करोड राजस्व सङ्कलन
    images

    पर्साको वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा रु ३६ करोड ६१ राजस्व सङ्कलन गरेको छ । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जले सो अवधिमा विभिन्न २६ शीर्षकमा राजस्व सङ्कलन गरेको हो ।  

    महानगरपालिकाको राजस्व शाखा प्रमुख मनोजकुमार कर्णका अनुसार चालु आवमा सम्पत्ति करबाट रु १४ करोड १ लाख, घरबहाल करबाट रु ५ करोड ५७ लाख, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट रु २ करोड २१ लाख, सरकारी सम्पत्ति बहालबाट रु २ करोड ७१ लाख, अन्य सेवा शुल्कबाट रु २ करोड २ लाख तथा अखेटोपहारमा लाग्ने करबाट रु २ करोड ३६ लाख सङ्कलन भएको छ । 

    यस्तै नक्सा पास दस्तुरबाट रु २ करोड ९० लाख, सिफारिस दस्तुरबाट रु १ करोड ४३ लाख, भूमिकरबाट रु ७७ लाख, साना सवारी साधनको करबाट रु २४ लाख, बाँडफाँटबाट प्राप्त विज्ञापन करबाट रु ५३ लाख, अन्य स्रोतबाट प्राप्त बाँडफाँट नहुने रोयल्टीबाट रु ६६ लाख, परीक्षा शुल्कबाट रु ११ लाख, बहाल बिटौरी करबाट रु ७ लाख तथा अन्य प्रशासनिक सेवा शुल्कबाट रु १२ लाख राजस्व सङ्कलन भएको कर्णले बताए । 

    त्यस्तै प्रशासनिक दण्ड जरिवाना र जफतबाट रु ३१ लाख, व्यक्तिगत घटना दत्र्ताबाट रु २६ लाख, नाता प्रमाणित दस्तुरबाट रु १२ लाख, र पार्किङ शुल्कबाट रु २ लाख राजस्व सङ्कलन भएको छ । आ व २०७८/७९ को १० महिनाको अवधिमा महानगरपालिकाले विभिन्न शीर्षकमा रु ५२ करोड ४० लाख राजस्व सङ्कलन गरेको थियो ।  आ.व २०७८/७९ सम्म घरजग्गा रजिष्ट्रेशन शुल्क महानगरपालिकाले उठाउँदै आएकामा चालु आव २०७९/८० देखि राजस्व बाँडफाँट शीर्षकमा तीनै तहको सरकारमा राजस्व सङ्कलन हुन थालेको छ । 

    घरजग्गा रजिष्ट्रेशन शीर्षकमा अघिल्लो आवमा महानगरपालिकाले रु ४७ करोड राजस्व सङ्कलन गरेकामा चालु आ.वमा रु २० करोडसम्म पनि सङ्कलन हुन नसक्ने अवस्था रहेको कर्णले बताए । चालु आ.वमा महानगरपालिकाले सम्पत्ति करको दर घटाएको, सवारी कर व्यवस्थापन सेवा शुल्क हटाएको र लामो समयसम्म जग्गाको कित्ताकाट रोकिएर नक्सापास र जग्गा कारोबार हुन नसकेकालगायत कारणले अघिल्लो आवको तुलनामा चालु आ.वमा राजस्व सङ्कलन घटेको उनले बताए।   

    प्रकाशित मिति :जेठ ५ २०८० शुक्रवार - ०९:५४:३० बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij