Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

नेप्सेमा सानिमा रिलायन्स लाइफको शेयर सूचिकृत

नेप्सेमा सानिमा रिलायन्स लाइफको शेयर सूचिकृत


  • 2.4K
    Shares

    • images
    नेप्सेमा सानिमा रिलायन्स लाइफको शेयर सूचिकृत
    काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर सूचिकृत भएको छ । साविक सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जर हुँदा १ः१ को अनुपातमा कायम हुन आएको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ दरका कुल ४ करोड १८ लाख ४० हजार कित्ता शेयर सूचिकृत भएको हो । स्टक सिम्बोल एसआरएलआई रहेको छ ।

    कम्पनीको शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुने गरी मर्जर प्रयोजनका लागि रोक्का रहेकोमा बिहीवार कारोबार फुकुवा गरिएको हो । मर्जरपछि बनेको कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ३९१ रुपैयाँ ८८ पैसा ओपनिङ रेञ्ज तोकेको छ । यही रेञ्जका आधारमा कम्पनीको शेयर आइतवारदेखि कारोबारमा आउनेछ ।

     

    प्रकाशित मिति :जेठ ४ २०८० बिहिवार - १६:२८:१५ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij