Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

साहित्यकार बसन्त रोकायाको ११ औं कृति ‘हिमाल’ खण्डकाव्य लोकार्पित

साहित्यकार बसन्त रोकायाको ११ औं कृति ‘हिमाल’ खण्डकाव्य लोकार्पित


  • 4.0K
    Shares

    साहित्यकार बसन्त रोकायाको ११ औं कृति ‘हिमाल’ खण्डकाव्य लोकार्पित
    images

    सहित्यकार बसन्त रोकायाको ११ औं कृति ‘हिमाल’ खण्डकाव्यको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । 

    नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यमा उक्त लोकार्पण कार्यक्रम ललितपुर धोविघाट स्थित सिद्धार्थ कटेजमा सम्पन्न भएको हो ।

    GP.jpg

    पुस्तकको लोकार्पण पश्चात बोल्दै महामन्त्री शर्माले हिमाल खण्डकाव्यले सत्यलाई स्वतन्त्र ढंगले उजागर गरेको टिप्पणी गर्नुभयो । कर्णालीको माटोसँग आफू पूर्ण रुपमा परिचित भएकोले हिमाल खण्डकाव्यको मर्मलाई आफूले सही रुपमा बुझ्न सकेको उहाँले बताउनुभयो । पदमा पुगेपछि मानिसले आफ्नो वास्तविकतालाई भुल्ने प्रवृत्तिलाई पनि यस कृतिले यथार्थ ढंगले उजागर गरेको उहाँको धारणा थियो । ‘साहित्यकार हुन परिस्थिति मात्रै हैन, मनस्थिति पनि चाहिन्छ ।’ उहाँले थप्नुभयो– ‘अनुभव गरेको र देखेको कुरा लाई समिटएरको लेखिएकोेले उहाँ प्रति सम्मान जागेको छ ।’

    347441066_174417375263618_8533378547473346368_n.jpg

    सोही कार्यक्रममा कृतिमाथि प्रा.डा. मोहनप्रसाद तिमल्सिना र प्रा.डा. नारायण गड्तौलाले टिप्पणी  गर्नुभएको थियो ।

    कृतिका सर्जक बसन्त रोकायाको सभापत्विमा समपन्न उक्त कार्यक्रममा साहित्यकार प्रा.डा. मोहनप्रसाद तिमल्सिनाले कविता लेखकले लेख्ने र पाठकले आफ्नै ढंगले बुझ्ने भएकोले कविता भनेको लेखकले भन्दा पाठकले बुझ्ने धारणा राख्नुभयो । चलचित्रात्मक शैलीमा लेखिएको हिमाल खण्डकाव्य  जीवन र जगतसँग जोडिएको उहाँको टिप्पणी थियो ।

    GP.jpg
    अर्का टिप्पणीकार प्रा.डा. नारायण गर्तौलाले खण्डकाव्यमा कर्णालीको वास्तविकता उजागर भएको धारणा राख्नुभयो । 
    १० खण्डमा विभाजित खण्डकाव्यका सर्जक तथा कार्यक्रमका सभापति बसन्त रोकायाले आफूले देखेको सत्यलाई यस खण्डख काव्य मार्फत उजागर गर्ने प्रयास आफूले गरेको बताउनुभयो ।

     

    प्रकाशित मिति :जेठ ४ २०८० बिहिवार - ०८:४०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij