Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

१३ वर्षीय बालकको मृत्यु प्रहरीको यातनाबाटै भएको आयोगको निष्कर्ष

१३ वर्षीय बालकको मृत्यु प्रहरीको यातनाबाटै भएको आयोगको निष्कर्ष


  • 9.1K
    Shares

    • images
    १३ वर्षीय बालकको मृत्यु  प्रहरीको यातनाबाटै भएको आयोगको निष्कर्ष
    images

    काठमाडौं । जुम्ला गुठीचौर गाउँपालिका–३ का १३ वर्षीय बालक पदमबहादुर बुढाको मृत्यु प्रहरीकै यातनाका कारण भएको राष्ट्रिय मानवअधिकार आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ । 

    शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आयोगको अनुगमन टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुगी आइसियुमा राखिएको शव अवलोकन गर्नुका साथै जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षकसँग घटनाको बारेमा जानकारीसमेत लिएको जनाएका छन् ।

    आयोगको विज्ञप्तिमा भनिएको छ, ‘निज बालकलगायत ७ जनालाई मोबाइल चोरीको आरोपमा प्रहरीले २०७७ माघ १८ गते पक्राउ गरेको, सोधपुछको क्रममा पाइपले कुटपिट गरी निजहरुलाई सोही दिन छोडेको, कुटपिटका कारण पदम बुढाको बायाँ खुट्टाको पिँडौला र पैतालामा निल डाम परेको तथा खुट्टा सुन्निएको र उपचारकै क्रममा २०७७ फागुन ५ गते निजको मृत्यु भएको अनुगमनका क्रममा बुझिएको छ ।’

    राष्ट्रिय मानवअधिकार आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले विशेषज्ञ चिकित्सकबाट यथाशीघ्र शव परीक्षण गराउन जिल्ला प्रहरी कार्यालय जुम्लालाई तथा मृत्यु भएको दुई दिन भइसक्दासमेत बालकको शव आइसियुमा नै रहेको पाइएकोले तत्कालै उपयुक्त स्थानमा शव व्यवस्थापन गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पत्राचार गरेको जनाइएको छ ।

    प्रकाशित मिति :फाल्गुण ७ २०७७ शुक्रवार - २१:१४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij