Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल बैंकको नयाँ शाखा सुर्खेतकाे वीरेन्द्रनगरमा

नेपाल बैंकको नयाँ शाखा सुर्खेतकाे वीरेन्द्रनगरमा


  • 2.3K
    Shares

    नेपाल बैंकको नयाँ शाखा सुर्खेतकाे वीरेन्द्रनगरमा

    नेपाल बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ४, यरिचोकमा नयाँ शाखा स्थापना गरेको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्मा तथा नेपाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले संयुक्त रुपमा रिवन काटी तथा ताम्रपत्र अनावरण गरी शाखा उद्घाटन गरे।

    उक्त समारोह नेपाल बैंक, सुर्खेत शाखाका शाखा प्रवन्धक बालराज बुढाको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्मा प्रमुख अतिथि रहेका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह,सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेल विशिष्ठ अतिथि रहेका थिए। 

    कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्मा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मंगल शाही,जलश्रोत तथा उर्जा विकास मन्त्री उर्मिला विश्वकर्मा, जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले समेत उक्त कार्यक्रममा विशेष आतिथ्यता ग्रहण गरेका थिए।

    कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले शहरमा मात्र केन्द्रित नभई स्थानीय तहमा गएर बैंकको शाखा खोल्न सुझाव दिए । साथै, उनले यस शाखाले नाफा मुखी मात्र नभएर सहज, शुलभ, विश्वनिय र गुणस्तरिय सेवा प्रवाह गर्न तथा आगामी दिनमा सुर्खेत शाखालाई देशकै उत्कृष्ट शाखाको रुपमा देख्न चाहेको बताए। 
     

    प्रकाशित मिति :जेठ ३ २०८० बुधवार - १३:२२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij