२०८२ भाद्र ११ गते बुधवार
काठमाडौँको कोटेश्वरबाट १२ वर्षीय बालक बेपत्ता छन् । ३ महिनाअघि हराएका डोटीको आदर्श गाउँपालिका वडा नम्बर–२ घर भएका सुशीलबहादुर खड्का भेटिएका छैनन् । नयाँ बानेश्वरमा कक्षा ५ मा अध्ययनरत खड्का कोटेश्वरको भाटभटेनी नजिकै बस्दै आएका थिए । ३ महिनाअघि नयाँ बसपार्कबाट मयुर बसमा ल्याएर छोरालाई कोटेश्वर छाडेर उनका बुबा डवलबहादुर खड्का बनेपातिर लागेका थिए । त्यसैदिनबाट छोरा नफर्केको बुवा डबल बहादुरले बताए ।
आफ्नो छोराको खाजीका लागि उनले प्रहरी प्रभाग कोटेश्वरमा निवेदन दिएका छन् । बेपत्ता बालकको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सिताराम रिजालले बताए । एसपी रिजालले भने– ‘बालकको खोजी गर्न देशभर हुलिया सर्कुलर गरेका छौँ, खोजी कार्य भइरहेको छ ।’
सशस्त्र प्रहरीबाट जागिर छाडेका डवलबहादुरले यसअघि पूर्व प्रधानमन्त्री र मन्त्रीको गाडी चलाएका थिए । आफूलाई परेको बेला ‘भिआईपी’ हरुले पनि बेवास्ता गरेको उनको गुनासो छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij