२०८२ भाद्र ८ गते आइतवार
पाल्पा,। जिल्लाको माथागढी–३, अगहनी बस्ने १५ वर्षीय योगेश सुनारीको पौडी खेल्ने क्रममा तिनाउ नदीमा डुबेर मृत्यु भएको हो ।
दमकडा माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत सुनारी सोमबार साँझ ६ बजेतिर साथीहरूसँगै तानसेन–९, र माथागढी–३, को सिमाना पर्ने तिनाउ नदीमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबेर गम्भीर भएका सुनारीलाई उपचारका लागि तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा ल्याइएको थियो । सुनारीको उपचारको क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पछिल्लो समय पाल्पामा पौडी खेल्ने क्रममा मृत्यु हुनेमा सङ्ख्या बढेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए। पौडी खेलेर मृत्यु हुने घटना पाल्पामा दिनहुँजसो हुने गरेको थापाले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij