Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

इन्टरनेट शुल्क आफूखुसी नबढाउन दूरसञ्चार प्राधिकरण ले गर्यो यस्तो निर्देशन

इन्टरनेट शुल्क आफूखुसी नबढाउन दूरसञ्चार प्राधिकरण ले गर्यो यस्तो निर्देशन


  • 2.5K
    Shares

    इन्टरनेट शुल्क आफूखुसी नबढाउन दूरसञ्चार प्राधिकरण ले गर्यो यस्तो निर्देशन

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । केही इन्टरनेट सेवा प्रदायकले शुल्क बढाएको भन्दै प्राधिकरणले आफुखी शुल्क नबढाउने निर्देशन दिएको हो ।

    प्राधिकरणको निर्देशन भन्दै केही सेवा प्रदायकले शुल्क बढाएका छन् । तर, प्राधिकरणले महशुल बढ्ने गरी कुनै निर्णय र सूचना नभएको बताएको छ ।

    शुल्क/महसुलदर दूरसञ्चार ऐन अनुसार प्राधिकरणबाट स्वीकृति सूचना प्रकाशित भएपछि मात्रै इन्टरनेट सेवा प्रदायकले महसुल बढाउन पाउँछन् ।

    हालसालै कुनै पनि सेवा प्रदायकलाई महसुल बढाउने अनुमति प्रदान नगरिएको प्राधिकरणले जनाएको छ ।

     

    प्रकाशित मिति :जेठ २ २०८० मंगलवार - १०:१९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij