Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

तालिमको नाममा रक्सी र मासुको पार्टी दिने गोकर्णेश्वर नगरपालिका अख्तियारको अनुसन्धानमा

तालिमको नाममा रक्सी र मासुको पार्टी दिने गोकर्णेश्वर नगरपालिका अख्तियारको अनुसन्धानमा


  • 2.1K
    Shares

    • images
    तालिमको नाममा रक्सी र मासुको पार्टी दिने  गोकर्णेश्वर नगरपालिका अख्तियारको अनुसन्धानमा
    images

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले विकास निर्माणमा छुट्टाएको ठूलो रकम जनप्रतिनिधि र कर्मचारीको लागि मदिरा र मासुभातमा खर्च गरेको घटनामा अख्तियारले अनुसन्धान गर्ने भएको छ। नेपाल भ्युजमा समाचार प्रकाशन भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण भएको हो।भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम अनुसन्धान अघि बढाउने र यसबारे तथ्य र प्रमाणबमोजिम एउटा निचोडमा पुग्ने अख्तियारका एक उच्च अधिकारीले बताए।

    आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३६(३) अनुसार खर्चको पुस्ट्याइँ हुने प्रमाण कागजात संलग्न गरेर मात्र खर्च लेख्नुपर्ने व्यवस्था छ। तर, गोकर्णेश्वर नगरपालिकाले रक्सी र मासु भोज भतेरमा दुरुपयोगको भिडिओसहितका प्रमाण भेटिएको छ। कार्यक्रममा सहभागी भएकाहरूले समेत यस विषयमा दुरुपयोग भएको भन्ने बयान दिएका छन्।

    जनताले तिरेको करको दुरुपयोग गरिएको अन्य प्रमाण समेत बाहिरिएका छन्। यद्यपि, नगरपालिकाले भने ‘२ दिने क्षमता अभिवृद्धि कार्यक्रम’ गरेको भन्दै कार्यक्रमको प्रतिवेदन बनाएको छ। यसबारे समाचार सार्वजनिक भएपछि सार्वजनिक बहस सुरु भएको छ। यससँगै अख्तियारले अनुसन्धान गर्न थालेको हो । सञ्चारमाध्यममा आएका समाचारलाई नै प्रमाण मानेर अनुसन्धान अघि बढाउने अख्तियारको तयारी छ।

    भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गर्ने अख्तियारका भोला दाहालले बताए । उनले भने,‘‘समाचारलाई नै उजुरी मानेका छौँ। यसअनुसार सो नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐनसहितका विभिन्न ऐन कानुनअनुसार रकम खर्च भए नभएका हेनेछौँ।’’

     

    प्रकाशित मिति :जेठ १ २०८० सोमवार - १६:३९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij