Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कृषि सहकारी केन्द्रीय संघ  र सानिमा रिलायन्स लाईफबीच बिमा सम्झौता

कृषि सहकारी केन्द्रीय संघ  र सानिमा रिलायन्स लाईफबीच बिमा सम्झौता


  • 2.6K
    Shares

    कृषि सहकारी केन्द्रीय संघ  र सानिमा रिलायन्स लाईफबीच बिमा सम्झौता

    नेपाल कृषि सहकारी केन्द्रीय संघ लि तथा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि बीच विमा सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न् भएको छ । सम्झौता अन्तर्गत देशभर रहेको नेपाल कृषि सहकारी केन्द्रीय संघ लि को सदस्यता प्राप्त कृषि तथा साना किसान कृषि सहकारी संस्थाहरुका विपन्न तथा साना किसान सदस्यहरुलाई म्यादी जीवन बीमा सेवा प्रदान गर्ने योजना रहेको छ । म्यादी बीमा एक प्रकारको लागत प्रभावी जीवन बीमा योजना हो, यस योजना अन्तर्गत बीमीतको मुत्य भएमा बीमाकं बरावर रकम प्रदान गरिने छ । 

    संघले आफनो स्थापनाकाल देखि नै ग्रामीण गरिबी न्यूनिकरण र समोबेशीकरणका लागि आफनो सदस्यहरुको क्षमता बृद्धि गरि असल अभ्यासका साथ समाजिक पुँजिको विकास गर्न उत्पे्ररणा गर्ने नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ । संघले विवध कार्यक्रम मार्फत आफनो सदस्य संस्थाहरुलाई कृषि उत्पादन तथा उत्पादकत्वमा बृद्धि गर्न, व्यवसायिक योजना तथा रणनीतिक योजना बनाउन सहयोग पुयाई गैर वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । हाल यस संघबाट नेपालको ७७ जिल्लामा १२०० भन्दा बढी संस्थाहरुमा आवद्ध १२ लाख भन्दा बढी साना किसान परिवारहरूले सेवा लिई रहेका छन् ।

    सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि, साविक रिलायन्स लाईफ इन्स्योरेन्स लि र साविक सानिमा लाईफ इन्स्योरेन्स लि एक आपसमा गाभिएर, प्रचलित नियम तथा कानून वमोजिम सम्वन्धीत नियमनकारी निकायवाट बीमा व्यवसाय संचालन गर्न अनुमति प्राप्त गरि बिमा व्यवसाय प्रदान र्गदै आईरेहेको संस्था हो । विगत ५ वर्ष देखि संस्थाले बीमा क्षेत्रमा समय सान्दि«र्भक तथा नयाँ कुरा प्रतिपादन गरी प्रदान गर्ने उद्देश्य सहित आफ्नो लक्षित ग्राहक वर्गहरुमा सेवा प्रदान गरिरहेको छ । संस्थाले हाल विवध योजना मार्फत देशभर रहेको आफनो १७५ शाखा सञ्जाल मार्फत १०,००,००० भन्दा बढि ग्राहक समक्ष आफनो सेवा प्रदान र्गदै आईरहेको छ ।

    यस योजना मार्फत देशभर छरिएर रहेका विपन्न तथा साना किसान सदस्यहरुलाई बीमाको परिधिभित्र समावेश गर्न कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।

    प्रकाशित मिति :जेठ १ २०८० सोमवार - १५:२७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij