Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

चुरोटको मूल्यसूची राखेर विज्ञापन गर्ने पसललाई कारबार्ही गर्ने मन्त्रालयको चेतावनी

चुरोटको मूल्यसूची राखेर विज्ञापन गर्ने पसललाई कारबार्ही गर्ने मन्त्रालयको चेतावनी


  • 2.0K
    Shares

    • images
    चुरोटको मूल्यसूची राखेर विज्ञापन गर्ने पसललाई कारबार्ही गर्ने मन्त्रालयको चेतावनी
    images

    काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किराना पसल वा होलसेल पसलमा सुर्तीजन्य सामग्रीको मूल्य उल्लेख गरिएको पोष्टर राखेमा कारबार्ही गर्ने भएको छ ।

    मन्त्रालय एक सूचना जारी गर्दै बिक्रीस्थलमा आफ्नो कम्पनीको नाम र दररेटसहितको मूल्यसूची राखेर विज्ञापन बन्द गर्न निर्देशन दिएको हो ।

    मूल्य अंकित पोष्टर टाँसिएको पाइएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा १७६ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय र जरिवाना गर्ने जनाएको छ ।

    ‘नेपालमा सुर्तीजन्य कम्पनीहरूले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य पसलहरूको बिक्री स्थलमा आफ्नो कम्पनीको नाम र दर रेटसहित मूल्य सुची राखेर विज्ञापन गरेको पाइएको र उक्त कार्य सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को दफा १०, सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन निर्देशिका २०७१ को दफा ४० र दफा ४१ तथा जनस्वास्थ्य ऐन २०७५ को  दफा ४५ विपरीत भएकाले त्यस्ता विज्ञापन हुने गरी टाँस गरिएका चुरोट, बिडी, गुट्खा आदिका मूल्य सुची उल्लेखित पोष्टर वा वालचार्ट टाँस नगर्न र टाँस गरेको भएमा तुरुन्त हटाउन निर्देशन गरिन्छ’ मन्त्रालयले बुधबार जारी गरेको सूचनामा भनेको छ ।

    प्रकाशित मिति :बैशाख २७ २०८० बुधवार - १२:५८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij