Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सुत्केरी बिदा अब ६ महिनासम्म !

सुत्केरी बिदा अब ६ महिनासम्म !


  • 7.4K
    Shares

    • images
    सुत्केरी बिदा अब ६ महिनासम्म !
    images

    काठमाडौं । सरकारले महिलाहरुलाई ६ महिना सुत्केरी बिदा दिने तयारी गरेको छ । हाल ९८ दिन सुत्केरी बिदा पाइन्छ । स्वास्थ्य विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले स्तनपान गराउने महिलाको संख्या क्रमशः घट्दै गएकाले थप तीन महिना बिदा दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको थियो ।

    मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ को उपदफा (१) संशोधन गर्नका लागि आवश्यक राय सुझावका लागि कानुन मन्त्रालय पठाइसकेको छ । उक्त ऐन संशोधन ड्राफ्ट करिब दुई हप्ता अगाडि नै स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालय गइसकेको छ ।

    ‘सुत्केरी बिदा बढाउने विषय अनौपचारिक कानुन मन्त्रालयसँग छलफलपछि स्वास्थ्यले ऐन संशोधनका लागि ड्राफ्ट पठाएको छ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘अब कानुुनले एक महिनामा अन्तिम ड्राफ्ट तयार पार्छ । त्यसपछि, मन्त्रिपरिषदको स्वीकृती हुँदै संसदबाट पारित हुन्छ ।’

    संशोधित ऐन कार्यान्वयनमा आएमा सरकारी तथा निजी कार्यालयमा कार्यरत सबै महिलाहरुले सुत्केरी विदा बापत ६ महिना विदा पाउनेछन् । परिवार कल्याण महाशाखा अन्तर्गतको मातृ तथा नवजात शिशु शाखा प्रमुख डा. गौरी श्रेष्ठ पछिल्ला वर्षमा अधिकांश महिला घरबाहिर नै काम गर्न जाने हुँदा पर्याप्त मात्रामा बालबालिकालाई स्तनपान गराउन नसकेका कारण स्तनपानको दर घट्दै गइरहेको बताउँछिन् । सरकारले महिलालाई आवश्यक विदा दिएको अवस्थामा स्तनपानको दर बढ्ने आंकलन गरिएको छ ।

    ‘सरकारले महिलालाई ९८ दिन सुत्केरी बिदा दिँदै आएको छ, जुन पर्याप्त छैन । जबसम्म आमालाई ६ महिना बिदा दिने प्रावधान हुँदैन, तबसम्म स्तनपानको दर बढ्दैन,’ डा. श्रेष्ठ भन्छिन् ।

    स्तनपानलाई दिगो विकास लक्ष्य प्राप्तिका लागि एक प्रमुख आधारका रूपमा लिँदै सन् २०३० सम्ममा स्तनपान गराउने नेपाली आमा ९० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ ।

    प्रकाशित मिति :बैशाख २६ २०८० मंगलवार - १९:४५:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij