२०८२ भाद्र ३ गते मंगलवार
प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आज सार्वजनिक बिदा दिइएको छ। गृह मन्त्रालयले एक सूचना जारी गर्दै बारा २, चितवन २ र तनहुँ १ मा आज उपनिर्वाचन हुने भएकाले बिदा दिएको हो।
मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा दिएको थियो। आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको अवधि तोकिएको छ। तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित जसपा नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि ती दुवै निर्वाचन क्षेत्र रिक्त भएका थिए।
चितवन २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेले आफ्नो नागरिकता प्रकरणमा सांसद पद गुमाएका थिए। आज त्यहाँ उपनिर्वाचन हुँदैछ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij