Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

हिमालयन बैंकको नाफा १ अर्ब ७३ करोड, वितरण योग्य नाफा कति ?

हिमालयन बैंकको नाफा १ अर्ब ७३ करोड, वितरण योग्य नाफा कति ?


  • 1.9K
    Shares

    हिमालयन बैंकको नाफा १ अर्ब ७३ करोड, वितरण योग्य नाफा कति ?

     हिमालयन बैंकले चालु आर्थिक वर्षको नौ महिनामा १ अर्ब ७३ करोड ८८ लाख ६२ हजार रुपैयाँ नापा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २४.९६ प्रतिशतले बढी हो ।

    गत आवको सोही अवधिमा भने बैंकले १ अर्ब ३९ करोड १५ लाख ७८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यो अवधिमा बैैंकको विवतरण योग्य नाफा भने १ अर्ब ३२ करोड २९ लाख ८८ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

    चैत मसान्तसम्म बैकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको सुधारले नाफा बढाउन सहयोग गरेको छ । खुद ब्याज आम्दानी ९३.१३ प्रतिशतले बढेर ६ अर्ब ४९ करोड २९ लाख ६८ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा २६.४३ प्रतिशतले बढेर २ अर्ब ५२ करोड ५९ लाख १६ हजार रुपैयाँ पुगेको छ ।

    २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोष १३ अर्ब ४८ करोड १२ लाख २४ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.९९ प्रतिशतबाट बढेर ४.५६ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४ पैसा रहेको छ ।

    प्रकाशित मिति :बैशाख ८ २०८० शुक्रवार - १२:४७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij