Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन रुस तयार

नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन रुस तयार


  • 2.2K
    Shares

    • images
    नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन रुस तयार
    images

    काठमाडौँ । मित्रराष्ट्र रुस नेपाललाई रासयनिक मल र गहुँ उपलब्ध गर्न सकारात्मक देखिएको छ । रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोले नेपाललाई रासायिक मल र गहुँ उपलब्ध गराउन तयार रहेको जानकारी दिएका हुन् । 

    रुसी उपप्रधानमन्त्री चेर्निसेन्कोले नेपाल सरकारले चाहेको अवस्थामा जिटुजीमार्फत मल र गहुँ उपलब्ध गराउन तयार रहेको बताएका हुन् । त्यसका लागि नेपालले मन्त्री परिषदबाट निर्णय गरेर प्रकृया अगाडि बढाउन उनको आग्रह छ ।

    अध्यक्ष तिमिल्सिना र उपप्रधानमन्त्री चेर्निसेन्कोबिच भएको भेटमा नेपाल र रुसबीचको सिधा हवाई सेवा सुचारु गर्ने, रुसमा नेपाली विद्यार्थीको शिक्षाको लागि कोटा बढाउने, सबवे, रेलमार्ग, मोटरवे र जलविद्युत आयोजना निर्माणमा पूर्वाधार निर्माणमा सहयोग गर्ने विषयमा पनि छलफल भएको छ । भेटवार्तामा नेपाललाई खाद्यान्न, रासायनिक मल, हेलिकप्टर र मोटरसाइकल उपलब्ध गराउने विषयमा छलफल भएको उपप्रधानमन्त्रीको कार्यालयलाई उद्दृत गर्दै रुसी समाचार एजेन्सी तासले जनाएको छ ।

    ‘तपाईँको भ्रमण एउटा उल्लेखनीय कार्यक्रम बन्ने र रुस–नेपालबीचको अन्तरक्रियालाई प्रोत्साहन दिने मलाई विश्वास छ ।  रुस र नेपालबीचको सम्बन्ध सुमधुर छ । सँधै समानता र आपसी सम्मानको आधारमा निर्माण गरिएको छ,’ चेर्निसेन्कोको उपप्रधानमन्त्रीको कार्यालयलाई उदृत गर्दै तासले भनेको छ ।

    उक्त भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालमा उर्जा, पर्यटन, व्यापार क्षेत्रमा लागनी अभिवृद्धि र यातयात क्षेत्रको पूर्वाधार विकासमा सहकार्यका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै नेपालमा राजनैतिक स्थायित्व कायम भई लगानीमैत्री वातावरण बन्दै गएकोले पूर्वाधार र उर्जा क्षेत्रमा रुसी लगानी भित्रिने विश्वास व्यक्त गरेका थिए । 

     

    प्रकाशित मिति :बैशाख ८ २०८० शुक्रवार - १२:३२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij