Logo

२०८२ आश्विन ३० गते बिहिवार

२०८२ आश्विन ३० गते बिहिवार

अन्नपूर्ण हिमाल आरोहणमा गएका एक भारतीय नागरिकको मृत्यु, एक बेपत्ता

अन्नपूर्ण हिमाल आरोहणमा गएका एक भारतीय नागरिकको मृत्यु, एक बेपत्ता


  • 3.1K
    Shares

    अन्नपूर्ण हिमाल आरोहणमा गएका एक भारतीय नागरिकको  मृत्यु, एक बेपत्ता
    images

    बेनी स् म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।  एकजना वेपत्ता छन् भने अर्का एकजनाको हेलिकोप्टरमार्फत् जिवितै उद्दार गरिएको छ । आरोहणमा गएका तीनैजना भारतीय नागरिक हुन्।

    भारतका बालजितको सात हजार ५०० मिटर उचाईबाट कैलाश एयरको हेलिकोप्टरले मंगलबार दिउँसो उद्दार गरिए उद्दारमा खटिएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनले जानकारी दिए ।

    उनी काठमाडौंको पायनर ट्रेकिङ कम्पनीमार्फत् अन्नपूर्ण आरोहणमा गएका थिए । शेरचनका अनुसार सेभेन समिट ट्रेकबाट आरोहणमा भएका नोयल नाम गरेका आरोहीको शव छ हजार मिटरको उचाईबाट आज दिउँसो आधार शिविरमा झारिएको छ । 

    नोयल र बालजित मंगलबार बिहानदेखि बेपत्ता भएका थिए । सेभेन समिटबाट आरोहणमा गएका भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु भेटिएका छैनन् । सेभेन समिटका प्रबन्धक थानेश्वर गुरागाईका अनुसार आरोहण सफल नभएपछि मालु आधार शिविर फर्कने क्रममा सोमबार दिउँसोदेखि सात हजार ५०० मिटरको उचाईबाट वेपत्ता भएका थिए ।  

    उद्दार गरिएका आरोही र मृतकको शवलाई आधार शिविरबाट काठमाडौं लैजाने तयारी गरिएको छ । वेपत्ताको खोजीमा सिम्रिक,कैलाश, एयर अल्टिच्युट र एभरेष्ट एयरका चारवटा हेलिकोप्टर परिचालन भएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा शनिबारदेखि चालु वर्षको वसन्त ऋतुको आरोहण सुरू भएको थियो । 

    प्रकाशित मिति :बैशाख ५ २०८० मंगलवार - १३:४८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij