Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सुनचाँदीकाे मूल्य स्थिर, २०७९ सालको अन्तिम दिन कतिमा हुँदैछ किनबेच ?

सुनचाँदीकाे मूल्य स्थिर, २०७९ सालको अन्तिम दिन कतिमा हुँदैछ किनबेच ?


  • 3.0K
    Shares

    • images
    सुनचाँदीकाे मूल्य स्थिर, २०७९ सालको अन्तिम दिन कतिमा हुँदैछ किनबेच ?
    images
    काठमाडौं : २०७९ सालको अन्तिम दिन सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको १ लाख १० हजार ८०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १० हजार २५० रुपैयाँ छ । यता, बिहीबार चाँदीको भाउ पनि स्थिर रहेको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ रहेको छ ।
     
    यता, सुनको भाउले २०७९ सालमा नयाँ रेकर्ड कायम गरेर बिदा हुँदैछ । चैत २२ गते  सुनको भाउ हालसम्मकै उच्च १ लाख ११ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ४५० रुपैयाँ निर्धारण भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो । 
     
    पछिल्लो समय विश्वमा आर्थिक मन्दी देखिन थालेको विभिन्न रिपोर्टहरु सार्वजनिक भईरहेका छन् । यही कारण विश्वभरका लगानीकर्ता सुन सञ्यच गर्नतर्फ लागेका हुन् । यसले गर्दा सुनको माग ह्वात्तै बढ्न जाँदा मूल्य बढेको विश्लेषकहरुले बताएका छन् ।    

    प्रकाशित मिति :चैत्र ३० २०७९ बिहिवार - ११:१४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij