Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

याडियाको नयाँ विद्युतीय स्कुटर सार्वजनिक, १० हजार रुपैयाँमा बुकिङ गर्न सकिने

याडियाको नयाँ विद्युतीय स्कुटर सार्वजनिक, १० हजार रुपैयाँमा बुकिङ गर्न सकिने


  • 2.2K
    Shares

    • images
    याडियाको नयाँ विद्युतीय स्कुटर सार्वजनिक, १० हजार रुपैयाँमा बुकिङ गर्न सकिने
    images

    बजारमा याडियाको नयाँ विद्युतीय स्कुटर सार्वजनिक भएको छ। नेपालको लागि याडियाको आधिकारिक वितरक कुजु प्रालिले मंगलबार नयाँ विद्युतीय स्कुटर ई८एस प्रो सार्वजनिक गरेको हो। 

    प्रिमियम सेगमेन्टको यो विद्युतीय स्कुटरको सुरुआती बजार मूल्य दुई लाख ३० हजार रुपैयाँ तोकिएको छ। मंगलबारदेखि नै स्कुटरको बुकिङ खुला गरिएको हो। ग्राहकले जम्मा १० हजार रुपैयाँमा ई८एस प्रो बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ। 

    तर यो अफर र इन्ट्रडक्टरी मूल्य पहिलो ५० जना ग्राहकहरूलाई मात्रै लागू हुनेछ। त्यसपछि स्कुटरको मूल्यमा केही परिमार्जन गरिने कम्पनीको भनाइ छ। 

    ई८एस प्रोमा ग्राफिन ब्याट्री र टिटिएफार मोटर जडित छ। यिनीहरूमा कम्पनीले दुई वर्ष वारेन्टी अथवा २० हजार किलोमिटर गुड्दासम्मको लागि वारेन्टी दिएको छ। ब्याट्रीको लाइफस्पान ८ सय साइकल छ। यसको टप स्पीड भने ६० किलोमिटर प्रतिघण्टा हुनेछ। 

    स्कुटरको अगाडि र पछाडि दुवै पांग्रामा डिस्क ब्रेक दिइएको छ। यसमा १२ इन्चको अल्मुनियम पांग्रा छन्।  स्कुटरमा ३२ लिटरको बुट स्पेस पाउन सकिन्छ भने ३६० एमएम लेग स्पेस (खुट्टा राख्ने ठाउँ) दिइएको छ। स्कुटरको ह्विलबेस भने १,२७२ एमएम छ। 

    यो स्कुटर एक पटकको पूरा चार्जमा १५० किलोमिटरसम्म गुड्ने कम्पनीको भनाइ छ। यसमा ३८एएच७२ भी क्षमताको ब्याट्री प्याक छ। 

    नेपाली बजारमा याडिया ई८एस प्रो कालो,रातो, निलो, सेतो र ग्रे गरी पाँच विभिन्न रंग विकल्पमा उपलब्ध हुनेछ। हालसम्म नेपाली बजारमा याडियको बिक्री एवम् बजार विस्तार प्रगतिशील रहेको कम्पनीको भनाइ छ।

    प्रकाशित मिति :चैत्र २९ २०७९ बुधवार - १३:४७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij