२०८२ माघ ७ गते बुधवार
सानिमा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ११ लाख ८७ हजार १७३ कित्ता सेयर बिक्रीमा राखेको हो।
इच्छुक हाल विद्यमान संस्थापक सेयरधनीले सेयर खरिदका लागि ३५ दिनभित्र काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ। इच्छुक संस्थापक सेयरधनीले न्यूनतम मूल्य वा सोभन्दा बढी प्रस्ताव गरी आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ।
तोकिएको समयभित्र निवेदन नपरेको खण्डमा अन्य सर्वसाधारण र संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij