२०८२ भाद्र २ गते सोमवार
खल्तीले एनएमबि बैंकसँगको सहकार्यमा एनएमबि बैंक खाता खल्तीमा लिङ्क गर्दा बोनस दिने भएको छ । खल्ती प्रयोगकर्ताले पहिलो पटक खल्तीमा एनएमबि बैंक लिङ्क गरे बापत १ रुपैयाँ बोनस पाउने भएका हुन् ।
साथै, एक भाग्यशाली प्रयोगकर्ताले बम्पर पुरस्कारको रूपमा स्मार्टफोन जित्ने मौका पनि पाउनेछन्। बोनस खल्तीमा पहिलो पटक आफ्नो बैंक खाता लिंक गरी पहिलो भुक्तानी पुरा गरेका प्रयोगकर्ताहरूका लागि लागु हुनेछ ।
साथै यस अफर अवधिमा आफ्नो लिङ्क गरिएको बैंक खाताबाट भुक्तानी गर्ने प्रयोगकर्ता मध्ये दुईजना भाग्यशाली प्रयोगकर्ताले अफर सकिए लगत्तै लक्की ड्र मार्फत स्मार्टफोन पनि जित्नेछन् । खल्ती प्रयोगकर्ताहरूले बैंक खाता लिङ्क गर्नका लागि उनीहरूको केवाईसी प्रमाणित हुनुपर्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij