Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

क्रिकेटर सन्दीपविरुद्धको मुद्दा फैसलाको पेसी न्यायाधीस घिमिरेको इजलासमा हुदैँ

क्रिकेटर सन्दीपविरुद्धको मुद्दा फैसलाको पेसी न्यायाधीस घिमिरेको इजलासमा हुदैँ


  • 2.7K
    Shares

    क्रिकेटर  सन्दीपविरुद्धको मुद्दा फैसलाको पेसी न्यायाधीस घिमिरेको इजलासमा हुदैँ
    images

    क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीको मुद्दाको अन्तिम सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको छ। 

    सन्दीपका वकिल मुरारी सापकोटाका अनुसार जिल्ला अदालत काठमाडौंमा फैसलाका लागि आजलाई पेसी तोकिएको हो। 

    सी तोकिए पनि आजै सुनुवाइ भएर फैसला आउने निश्चित छैन। यसअघि यही चैत १३ गते पनि यो मुद्दा पेसीमा चढेको थियो। तर त्यतिबेला पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेकै इजलासमा परेपछि सन्दीपका कानुन व्यवसायीले सुनुवाइ स्थगन गर्न निवेदन दिएका थिए। 

    घिमिरेको एकल इजलासले नै सन्दीपलाई गत कात्तिक १९ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर, उनको आदेश उच्च अदालत (पाटन) बाट बदर भएको थियो। घिमिरेको आदेश बदर भएसँगै सन्दीप थुनामुक्त भएका थिए।

    सर्वोच्च अदालतले पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न नपर्ने उच्चको आदेश सदर गर्दै विदेश जान लागेको प्रतिबन्ध पनि हटाउन आदेश दिएको थियो। सन्दीपलाई १० देखि १२ वर्ष कैदको माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता छ। त्यसको अन्तिम फैसला हुन लागेको हो।

    प्रकाशित मिति :चैत्र २२ २०७९ बुधवार - ०९:३६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij