Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

महालक्ष्मी विकास बैंकको ग्राहक ले पाउँछन् यी संस्थाका सेवाहरुमा विशेष छुट !

महालक्ष्मी विकास बैंकको ग्राहक ले पाउँछन् यी संस्थाका सेवाहरुमा विशेष छुट !


  • 2.2K
    Shares

    महालक्ष्मी विकास बैंकको ग्राहक ले पाउँछन्  यी संस्थाका सेवाहरुमा विशेष छुट !

     महालक्ष्मी विकास बैंक लिमिटेडले रेष्टुरेन्ट तथा श्रृगारका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।

    सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले बुढानिलकण्ठ, काठमाडौंमा अवस्थित Meraki Holistic Wellness Retreat का सेवाहरुमा अधिकतम १५ प्रतिशत, जावलाखेल, ललितपुरमा अवस्थित Burger Shack का सेवाहरुमा अधिकतम १० प्रतिशथ, बुटवल उपमहानगरपालिका, अमरपथमा अवस्थित Samriddhi Hair Dressing Saloon & Academy का सेवाहरुमा अधिकतम २० प्रतिशत र भाटभटेनी टंगाल, काठमाडौंमा अवस्थित Chhotu Unisex Saloon Pvt. Ltd. का सेवाहरुमा २० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।

    यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ। यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षतकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ।

    प्रकाशित मिति :चैत्र २१ २०७९ मंगलवार - १५:३५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij