२०८२ भाद्र ११ गते बुधवार
टावर मर्मत सम्भार गर्नुपर्ने भएपछि मनकामना केबुलकारको सेवा चैत्र २२ गते बुधबार बन्द हुने भएको छ ।
टावरको मर्मत सम्भार सकिएलगत्तै २३ गते बिहीबारबाट सेवा नियमित सुचारु हुने कम्पनीले जनाएको छ । यसबाट यात्रुमा पर्नजाने असुबिधाको लागि कम्पनीले क्षमायाचना गरेको छ ।
यद्यपि, उक्त अवधिभरी केवलकार बटम स्टेशनमा रहेको रेष्टुरेण्ट सेवा भने यथावत् रहने बताइएको छ । कम्पनीले मनकामना केवलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरोन्नती गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij