Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिद्धार्थ बैंकको सहयोगमा निर्मित नारायणी अस्पतालको डायलाइसिस भवन हस्तान्तरण

सिद्धार्थ बैंकको सहयोगमा निर्मित नारायणी अस्पतालको डायलाइसिस भवन हस्तान्तरण


  • 2.3K
    Shares

    सिद्धार्थ बैंकको सहयोगमा निर्मित नारायणी अस्पतालको डायलाइसिस भवन हस्तान्तरण

    सिद्धार्थ बैंकको  सहयोगमा निर्मित वीरगञ्जस्थित नारायणी अस्पतालको डायलाइसिस भवन हस्तान्तरण गरिएको छ । भवन निर्माण गर्न २०७९ साल असोज २६ गते नारायणी अस्पताल र राउन्ड टेबल नेपालसँग सम्झौता गरिएको थियो । 

    सम्झौता बमोजिम रु.५५ लाख लागतमा उक्त डायलाइसिस भवनको प्रबलीकरण तथा निर्माण सम्पन्न गरी आज अस्पताललाई हस्तान्तरण गरिएको हो । 

    नारायणी अस्पतालमा एक कार्यक्रम आयोजना गरी बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले सो भवनको उपयोगको दायित्व नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चित्रन्जन साहलाई हस्तान्तरण गरेका थिए । 

     

    प्रकाशित मिति :चैत्र १६ २०७९ बिहिवार - १६:०१:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij